मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर एकै दिन ८ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ । 

यस्तै, ३ लाख १९ हजारभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजारभन्दा बढीको मृत्यु भएको छ भने ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा संक्रमण भएको छ । त्यसमध्ये ३ लाख १५ हजार ३१ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

एकै दिन २ लाख ३१ हजार ५३९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ५६ लाख ५७ हजार ४७९ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २३ हजार २२५ जनाको मृत्यु भएको छ । ५० लाख ९३ हजार ८६८ जना संक्रमित भएकोमा २५ लाख ५९ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १२ हजार ४७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८९ लाख ५१ हजार ३५ पुगेको छ । त्यसमध्ये ५७ लाख ८८ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९६ हजार ५३७ जनाको मृत्यु भएको छ । १ करोड ७ लाख ५१ हजार ७७२ जना संक्रमित भएकोमा ९० लाख ३१ हजार ८६९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ५७ हजार ७३३ जनाको मृत्यु भएको छ । ८१ लाख ३९ हजार ८२५ जना संक्रमित भएकोमा ७० लाख ५ हजार ६८० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३६ हजार १३९ जनाको ज्यान गएको छ भने १४ लाख ९६ हजार ९७७ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, सबैभन्दा कम अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९२९ जनाको मृत्यु भएको छ । ३१ हजार ३९४ जना संक्रमित भएकोमा २८ हजार ६३२ जना संक्रमणमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि