एजेन्सी । कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको विभिन्न समाचार माध्यममा जनाइएको छ ।
उनको स्वास्थ्य अवस्थामा सुधार आकाले अस्पतालबाट आजै डिस्चार्ज हुने सम्भावना रहेको उनको उपचारमा खटिएका चिकित्सकहरुले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पको उपचारमा खटिएका डा. सिन कोन्लेले कोरोना पुष्टि भएपछि उनलाई अक्सिजन लेभल २ पटकसम्म घटेको उल्लेख गर्दै डेक्सामेथासोन नामक स्टेरोइड दिइएको बताएका छन् ।
७४ वर्षीय राष्ट्रपति ट्रम्पलाई मोटोपनका कारण कोभिडको उच्च खतरा रहेको बताइएको थियो । तर, शुक्रबार उनलाई मिश्रित औषधियुक्त इन्जेक्सन दिइएको थियो भने ५ दिनको एन्टीभाइरल औषधि रेमडेसिभिर चलाइएको थियो ।