मंसिर ०७, २०८१, शुक्रबार
               

बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन राष्ट्रपति ट्रम्प अनिच्छुक

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिश्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन् । अर्को हप्ता हुने तय भएको बसहमा आफू सहभागी हुन नचाहेको उनले विहीबार जानकारी दिए । कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल बसेर फेरी निवास फर्किएका ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको पनि उल्लेख गरे । ‘

म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,’ फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने । राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनिहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो ।

सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्थीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन् । अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व राष्ट्रपति विडेन डेमोक्र्याटको तर्फबाट प्रतिश्पर्धा गर्न लागेका छन् । 

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिश्पर्धा हुन लागेको छ । उनिहरुका बीचमा पहिलो बहस बिहीबार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि