मंसिर ०७, २०८१, शुक्रबार
               

डा. एन्थोनीले गरे ह्वाइट हाउसको आलोचना

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

अमेरिका वरिष्ठ भाइरसविज्ञ डा. एन्थोनी फाउचीले ह्वाइट हाउसको आलोचना गरेका छन् । गएको सेप्टेम्बर (२६) अन्तिममा ह्वाइट हाउसमा भएको भिडभाडयुक्त कार्यक्रम कोरोना भाइरसको संक्रमणको केन्द्रका रुपमा देखिएपछि डा. फाउचीले आलोचना गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य समेत रहेका डा. फाउचीले सो कार्यक्रम ‘सुपरस्प्रेडर इभेन्ट’ बनेको बताएका छन् ।

ट्रम्पले सर्वोच्च अदालतकी न्यायाधीश रुथ बेडर गिन्सबर्गको निधन भएपछि उनको स्थानमा आफूले मनोनित गर्न चाहेको न्यायाधीशको रुपमा एमी कोनी ब्यारेटको नाम घोषणाका लागि कार्यक्रम गरेका थिए ।

सो कार्यक्रममा सहभागी भएका ट्रम्पका धेरै सहयोगी तथा सल्लाहकारसहित ह्वाइट हाउसका कर्मचारी, रिपब्लिकन सिनेटर, सरक्षा मन्त्रालयका उच्च अधिकारीहरुसहित कोरोना भाइरसबाट संक्रमित भएका छन् । ट्रम्प आफैँ पनि संक्रमित भएर उपचारको क्रममा छन् ।ट्रम्प संक्रमण मुक्त नभए पनि उनका डाक्टरले सार्वजनिक कार्यक्रम गर्न स्वीकृति प्रदान गरेका बेला डा. फाउचीको टिप्पणी आएको हो ।

गएको सोमबार तीन दिने अस्पताल बसाईपछि डिस्चार्ज भएका ट्रम्पले फक्स न्यूजमा मेडिकल इभ्यालुएसन गर्ने छन् । यस्तै उनले ह्वाइट हाउसमा शनिबार प्रत्यक्ष भेटघाटको कार्यक्रमको तयारी गरेका छन् ।

नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका प्रमुख डा. फाउचीलाई सिबिएस न्यूजले कुराकानीको क्रममा ह्वाइट हाउस कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरिनु पर्ने आधारभूत मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा नियमित परीक्षण गर्ने जस्ता कार्य गर्न अग्रसर नदेखिएको बारे सोधेको थियो ।

त्यसको जवाफमा डा. फाउचीले भने, ‘ह्वाइट हाउसमै पनि संक्रमण फैलिएको छ र त्यहाँ हालै सुपरस्प्रेडर इभेन्ट भयो, सो कुरा तथ्यांकले बताउँछ । सो कार्यक्रममा मानिसहरु भिडभाडमा थिए र मास्क लगाएका थिएनन् ।’


कस्तो लाग्यो ?

यो पनि