मंसिर ०७, २०८१, शुक्रबार
               

तालिवानी लडाकूको आत्मघाती आक्रमणमा अफगानी सातजना प्रहरीको मृत्यु

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

कुन्दुज, अफगानिस्तान । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिवान लडाकूले गरेको आत्मघाती आक्रमणमा परी कम्तीमा सात जना प्रहरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनापछि अन्य चार प्रहरी सम्पर्कमा आएका छैनन् ।

कुन्दुजको खान अवाद जिल्लाको दागरीमा रहेको प्रहरीको एउटा सुरक्षा जाँच केन्द्रमा विद्रोहीले आक्रमण गरेपछि प्रतिकारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन प्रमुख कुद्रातुल्ला साफीले बताए । 

साफीले भने, ‘तालिवान विद्रोहीहरूले सुरक्षा जाँच केन्द्रमा शनिबार विहानै एक्कासी आक्रमण गरेपछि भएको घण्टौ लामो भिडन्तमा सात प्रहरी अधिकारीको मृत्यु भएको छ भने चार अन्य प्रहरी घटनापछि सम्पर्कमा आउनसकेका छैनन् ।’

प्रहरीले हराइरहेका सुरक्षाकर्मीलाई विद्रोहीले अपहरण गरी लगेको हुनसक्ने बताएको छ । 

शान्तिवार्ताका लागि दोहामा रहेको तालिवान नेतृत्वले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तर, स्थानीयले घटनाको पुष्टि गरेका छन् । स्थानीयका अनुसार तालिवानी लडाकू र प्रहरीबीच कम्तीमा दुई घण्टा भिडन्त भएको र दुवैतर्फ क्षति भएको बताए । 


कस्तो लाग्यो ?

यो पनि