मंसिर ०७, २०८१, शुक्रबार
               

ट्रम्पबाट अब अरुमा संक्रमण फैलिँदैन : डाक्टर

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरुमा संक्रमण फैलिने सम्भावना नरहेको ह्वाइट हाउसका डाक्टरले बताएका छन् ।

डा. सन कन्लीले बिहीबार यता पहिलोपटक ट्रम्पको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनका अनुसार अब ट्रम्पबाट संक्रमण अरुमा फैलिने सम्भावना छैन ।

यसअघि नै ट्रम्पले शनिबार ह्वाइट हाउसमा सार्वजनिक कार्यक्रम गरी आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए । ट्रम्प संक्रमण मुक्त भइनसकेकाले उनबाट अरुमा संक्रमण फैलिन सक्ने भन्दै चासो व्यक्त भएको छ ।

तर डाक्टरले दिएको पछिल्लो जानकारीमा ट्रम्पमा सक्रिय रुपमा भाइरस बिस्तार भएको प्रमाण नभेटिएको र भाइरल लोड घट्दो क्रममा रहेकाले उनीबाट अरुमा संक्रमण नफैलिने उल्लेख छ ।

तर, डाक्टरले दिएको जानकारीमा ट्रम्पको पछिल्लो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भने उल्लेख गरिएको छैन ।


कस्तो लाग्यो ?

यो पनि