मंसिर ०७, २०८१, शुक्रबार
               

किर्गिस्तानका नवनिर्वाचित प्रधानमन्त्री राष्ट्रपतिद्वारा अस्वीकृत

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

किर्गिस्तानका राष्ट्रपतिले देशका नवनियुक्त प्रधानमन्त्रीलाई अस्वीकृत गरेका छन् । अस्वीकृत गरेसँगै मध्य एसियाली देश किर्गिस्तानमा राजनीतिक संकट थप गहिरिएको छ ।

सांसदले राष्ट्रवादी राजनीतिज्ञ साडिर जापरोभलाई प्रधानमन्त्रीमा चयन गरे पनि राष्ट्रपति सुरोन्बे जिनबेकोभले अस्वीकृत गरेका हुन् । उनले संसद्लाई पुनः मतदान गर्न भनेका छन् ।

४ अक्टोबरमा भएको विवादास्पद संसदीय चुनाव धाँधली भएको भन्दै प्रदर्शन भएको थियो । उनीहरुले फेरि मतदान हुनुपर्ने र रुसका पक्षधर राष्ट्रपति जिन्बेकोभले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

संसदले शनिबार जापरोभलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको थियो, यसअघिका प्रधानमन्त्रीले राजीनामा दिएपछि भएको मतदानमार्फत नियुक्ति भएपछि मंगलबार राष्ट्रपति जिन्बेकोभले उनको नियुक्ति अस्वीकृत गर्ने बताएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि