दोस्रो चरणको लकडाउन घोषणा भएसँगै फ्रान्समा राजधानी पेरिस छाड्नेको संख्या बढेको छ । शुक्रबारदेखि पुन: सुरु भएको लकडाउनका कारण राजधानी छाड्नेको संख्या ह्वात्तै बढेको हो । राजधान पेरिस छाड्नेको संख्यामा उल्लेखित वृद्धि भएसँगै सडक जाम भएको छ ।
समाचारहरुमा जनाइएअनुसार करिब सात सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको छ ।
बिबिसीका अनुसार कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि सहर छाड्नेको संख्या बढेको हो । फ्रान्समा पछिल्लो दिनयता कोरोना सङ्क्रमितसँगै ज्यान गुमाउनेको दर बढ्दै गएका कारण पुन: लकडाउन गरिएको हो ।
बिबिसीका अनुसार दोस्रो चरणको लकडाउन लागू भएसँगै फ्रान्सका स्थानीयले अति-आवश्यक नपरि घरबाहिर निस्कन पाइने छैन ।