मंसिर ०६, २०८१, बिहीबार
               

अफगानिस्तान र इराकबाट सैनिक फिर्ता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार सो आदेश दिएको अमेरिकी पेन्टागनले जनाएको छ ।

पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न भनेका हुन् । 

अमेरिकाका कार्यबाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले सो कुराको जानकारी मंगलबार दिएको बताइएको छ । 

प्राप्त समाचार अनुसार उनले जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५०० र इराकबाट पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न हालै आदेश दिएको उनले मंगलबार जानकारी दिएको बताइएको छ ।

केही समयअघि पनि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसकिने बताएका थिए ।

तर पनि यहाँका वरिष्ठ सैनिक र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले भने अहिले नै हतार गरेर अफगानिस्तान र इराकबाट अमेरिकी सैनिकको संख्या कटौती गर्न नहुने अडान राख्दै आएका छन् । 

राष्ट्रपति ट्रम्प हालै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पारजित भएका छन् । अबको केही समयपछि अमेरिकी राष्ट्रपतिमा विजयी भएका जो बाइडेनले सपथ लिँदै छन् ।

तर, अफगानिस्तानमा सेना उपलब्ध गराएका पश्चिमा देशहरुको संगठन नेटोले भने अफगानिस्तानमा अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीहरु रहेको बताएको छ । सो संगठनले यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणको योजना बन्न सक्ने पश्चिमा सैनिक फिर्ता गर्न नहुने बताएको छ ।

यो पनि