काबुल । अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरुद्धमा यहाँका केही स्थानहरुमा नागरिकहरुले विरोध प्रदर्शन गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान हाल अफगानिस्तानको भ्रमणमा गएको बेलामा उनका विरुद्धमा अफगानिस्तानका केही ठाउँमा विरोध भएको हो ।
पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको भन्ने आरोपमा उहाँका विरुद्धमा यो प्रदर्शन गरिएको बताइएको छ ।
हालैमात्र एक अन्तर्राष्ट्रिय प्रतिवेदनमा पाकिस्तानमा आतंकवादीहरुको बसोबास रहेको भन्दै एक समाचार सार्वजनिक भएको थियो ।
यसै विषयलाई लिएर अफगानिस्तानका केही स्थानमा पाकिस्तानले आतंकवादीलाई बस्न दिन नहुने भन्दै प्रधानमन्त्री इमरान खानका विरुद्धमा यो प्रदर्शन गरिएको हो ।
प्रधानमन्त्री इमरान खान अफगानिस्तानका राष्ट्रपति असरफ घानीको आमन्त्रणमा अफगानिस्तान भ्रमणका लागि बिहीबार काबुल पुगेका छन् । खान प्रधानमन्त्री भएपछिको यो उनको पहिलो पटक अफगानिस्तान भ्रमण भएको छ ।
उनले अफगानिस्तानमा रहँदा हाल अफगानिस्तान सरकार र त्यहाँका तालिबानहरुले थालेको शान्ति वार्ताको विषयमा कुराकानी गर्ने बताइएको छ ।
हाल अफगानिस्तानको सरकार र यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानहरुका बीचमा शान्ति वार्ता सुरु भएको छ ।
गएको दुई महिना अघिदेखि नै कतारको दोहामा सुरु भएको भनिएको सो वार्तामा भएको प्रगतिको बारेमा भने केही बताइएको छैन ।