एजेन्सी । कोरोना संक्रमणमुक्त भएका भारतस्थित असमका पूर्वमुख्यमन्त्री तरुण गोगोईको मृत्यु भएको छ ।
गत अगष्टमा कोरोना संक्रमण भएपछि २ महिना उपचार गराएर संक्रमणमुक्त भएका गोगोईको ८६ वर्षको उमेरमा सोमबार मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनलाई श्वास फेर्न समस्या भएपछि गत शनिबार अस्पताल भर्ना गरेर भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।