चन्द्रमाको ढुंगा ल्याउने प्रयासमा रहेको चीनको अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफल रुपमा अवतरण गरेको छ ।
२३ नोभेम्बरमा पृथ्वीबाट गएको अन्तरिक्ष यान मंगलबार राति चन्द्रमाको सहतमा अवतरण गरेको हो । चीनको रोबोटिक च्याङ्ग’इ–५ अभियान अन्तर्ग चीनले यान पठाएको हो । चीन यो अभियानबाट चन्द्रमाको ढुंगा र माटो पृथ्वीमा ल्याउन चाहन्छ । चीनको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशाना बनाएको छ ।
चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन तथा त्यहाँका सामग्री सङ्कलन गरेर बिताउनेछ । चन्द्र सहतमा अवतरण भएको ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडारसहितका यन्त्र छन् ।
ल्याण्डरले झण्डै दुई किलो ढुंगा तथा माटो संकलन गरी त्यसलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ । असेन्डरले त्यसलाई पृथ्वीमा ल्याउने छ ।
यो अभियानमा सफल भएमा ४४ वर्षपछिको पहिलो सफल अभियान हुनेछ । त्यो बेला तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।
सबै तय गरे अनुसार भएमा चिनियाँ यान चन्द्रमाको ढुंगा तथा माटो लिएर डिसेम्बरको अन्त्यतिर मङ्गोलियाको घाँसे मैदानमा अवतरण हुनेछ ।
अहिलेसम्म अमेरिका र रुसले मात्रै चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएका छन् । हालको अभियानमा सफल भएमा चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल हुनेछ ।
अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफल रुपमा अवतरण भएपछि अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले चीनलाई बधाई समेत दिएको छ ।चीन चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएमा त्यसले अध्ययनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चीनले यसअघि दुई पटक यो प्रयास गरे पनि सफल हुन सकेको थिएन । यो पटक भने आशा र उत्साह रहेको चिनियाँ अधिकारीले बताएका छन् ।
CCTV-13 just ran this. #China #Moon #Change5 pic.twitter.com/gxXBNr7mz6
— Jonathan Amos (@BBCAmos) December 1, 2020