काठमाडौं । अमेरिकामा सोमबारबाट कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ ।
कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बिबिसीले जनाएको छ ।
पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका ३० लाख ज्येष्ठ नागरिकहरूलाई खोप दिइने तयारी छ ।
अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै सोमबारबाटै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।
फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।