काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार नाघेको छ ।
पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३१ हजार ६५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ७९ हजार ६८१ जना संक्रमणमुक्त भएका छन् ।
साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ८३४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३४२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५१३ पुगेको हो ।