कृषि कानूनविरुद्ध भारतमा आन्दोलन भएको आज २९ औँ दिन प्रियंका गान्धीसहित केही भारतीय कांग्रेसका नेताहरूलाई पुलिसले हिरासतमा लिएको छ ।
भारतमा नयाँ कृषि कानूनलाई लिएर किसान र केन्द्र सरकारबीच गतिरोध जारी रहेका बेला कांग्रेस नेताको गिरफ्तार गरिएको हो ।
राहुल गान्धीको नेतृत्वमा कांग्रेस नेताहरुले कृषि कानूनहरुविरुद्ध २ करोड व्यक्तिको हस्ताक्षर संकलन गरी राष्ट्रपतिलाई बुझाउन लागेका बेला नेताहरुलाई गिरफ्तार गरिएको हो ।