मंसिर ०७, २०८१, शुक्रबार
               

जापानमा गैरआवासीय विदेशीलाई फेरि निषेध

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

टोकियो । जापानले गैर आवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ । कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गरे । जापानले कोरोना भाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा संकटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ ।

पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ । विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् ।

आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन् । जापानमा अहिले दैनिक हजारौँ संक्रमित हुने गरेका छन् भने संक्रमितहरूको सङ्ख्या पहिलाभन्दा बढी हुने गरेको छ ।  

यो पनि