मंसिर ०७, २०८१, शुक्रबार
               

चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा आइतबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि हो ।

चीनले लगातार चार वर्षसम्म आफ्नो प्राकृतिक ग्यास उत्पादन परिणामलाई १० अर्ब घन मिटरभन्दा बढी पुर्‍याएको विभागले जनाएको छ ।

प्राकृतिक ग्यास उत्पादनमा डिसेम्बरमा अझ बढी वृद्धि भएको देखिएको छ । डिसेम्बरमा चीनले १३.७ अर्ब घन मिटरबाट १८.७ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको हो ।

चीनले सन् २०२० मा १२ करोड टन प्राकृतिक ग्यास निर्यात गरेको छ यो अघिल्लो वर्षको तुलनामा ५.३ प्रतिशतले बढी हो ।


कस्तो लाग्यो ?

यो पनि