युरोपेली देश पोल्याण्डमा पहिलेदेखि कै कडा गर्भपतनको कानून थप कडा बनाएपछि ३० हजारभन्दा महिला सडकमा उत्रिएका छन् । उनीहरुले बिहिबार अदालत बाहिर र सत्तारुढ पार्टीका नेताहरुको घर बाहिर प्रदर्शन गरे ।
महिलाले गर्भपतनलाई संवैधानिक गराउन माग गरिरहेका छन् ।
आन्दोलनकारी महिलाको भनाइ थियो, ‘गर्भ हाम्रो, त्यसमा हाम्रो अधिकार हुनुपर्छ । यसमा अदालत वा राजनीतिक निर्णयको दबाब किन ? हामीलाई यो कानुनबाट स्वतन्त्रता दिइयोस् ।’
वास्तवमा पोल्याण्डको गर्भपतन कानुन सन् १९९३ मा पारित भएको थियो ।