टोक्यो । जापानमा प्रहरीले आफ्नी आमाको शव घरको फ्रिजरमा लुकाएर राखेको अभियोगमा एक महिलालाई गिरफतार गरेको छ । शुक्रबार टोक्यो नजिकको चिवा शहरस्थित एउटा होटेलमा योसिनालाई प्रहरीले पक्रेको हो ।
४८ वर्षिया युमी योसिनोले आफ्नी आमासंग बस्ने गरेको राजधानी टोक्यो छाडेर अन्त कतै जान नचाहेकाले आफुले विगत दस वर्ष देखि आमाको लास फ्रिजरमा लुकाइराखेको तथ्य प्रहरीसमक्ष स्विकारेकी छन् । प्रहरीका अनुसार शवमा कुनै चोट पटकका चिन्हहरु छैनन् ।
भाडा दिन नसकेर बाध्य भएर योसिनोले सो अपार्टमेन्ट छाड्नुपर्ने आवस्था आएपछि एकजना कामदारले सरसफाई गर्ने क्रममा फ्रिजरमा लास भेटाएका थिए ।
यसअघि पनि विश्वका विभिन्न भागमा आफन्तको मृत्युलाई गोप्य राखेर घरमा लास लुकाउने गरेका खवरहरु सार्वजनिक हुन गरेको थियो ।