मंसिर ०६, २०८१, बिहीबार
               

फिलिपिन्समा भूकम्प

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ । माग्सेसे सहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान सहर र कोरोनादाल सहरमा पनि कम्पनको महशुस गरिएको समाचारमा जनाइएको छ । यस भूकम्पबाट  मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन् । फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ । 


कस्तो लाग्यो ?

यो पनि