मंसिर ०७, २०८१, शुक्रबार
               

बङ्लादेशमा एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०१, २०७८

ADVERTISEMENT

कोरोना भाइरसको महामारी फैलिइरहेको बङ्लादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार कोरोनाका कारण बङ्लादेशमा एकैदिनमा ९६ जनाको मृत्यु भएको हो । योसँगै बङ्लादेशमा कोरोनाका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या नौ हजार ९८७ पुगेको अधिकारीहरूले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बङ्लादेशमा एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमित भने यही अप्रिल ७ मा भएका थिए । त्यो दिन सात हजार ६२६ जना सङ्क्रमित भएका थिए । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

बङ्लादेशमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या सात लाख तीन हजार १७० पुगेको पनि अधिकारीहरूले जनाएका छन् । पछिल्लो २४ घण्टामा बङ्लादेशमा २४ हजार ८२५ जनाको कोरोना परीक्षण गरिएको छ । 

कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या पाँच लाख ९१ हजार २९९ पुगेको तथ्याङ्क छ । 


कस्तो लाग्यो ?

यो पनि