मंसिर ०७, २०८१, शुक्रबार
               

अमेरिका र जापानबीचको सहकार्यमा सहमति,  चीनले गर्यो यस्तो आग्रह

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

वाशिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनिरूको स्थानीय समय अनुसार शुक्रबार  अपराह्न बैठकपछि संयुक्त प्रेस सम्मेलन गरी उक्त कुराको जानकारी गराए । सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले दुबै पक्षले अमेरिका–जापान गठबन्धन, महामारी, नयाँ प्रविधि, जलवायु परिवर्तन र जनताबीच सहकार्यको लागि सहयोग पुर्याउन सहमति गरेको पुष्टि गरेका थिए ।

बाइडेनले चीन र उत्तर कोरियाको चुनौतीहरूको सामना गर्न दुबै पक्षले मिलेर काम गर्ने पनि बताएका छन् । यसैबीच जापानी प्रधानमन्त्री सुगाले आफू र बाइडेनले प्रशान्त महासागर क्षेत्र र विश्वको समृद्धिमा चीनको प्रभावबारे छलफल गरेको र दुबै मुलुकले ‘चीनसँग खुलारूपमा कुराकानी गर्ने आवश्यकतामा सहमत भएको बताए । 

ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार दुबै सहयोगीहरूले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने बिषयमा पनि प्रतिबद्धता जनाएका छन् । यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लिचियानले विज्ञप्तिबारे चिनियाँ प्रतिक्रिया दिँदै जापान र संयुक्त राज्यले चीनको चिन्ता र मागलाई गम्भीरताका साथ लिनुपर्ने जिकिर गरेका छन् ।

उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको हितलाई हानि पुर्याउने कदम नचाल्न चीनलाई लक्षित गरी समूह गठन नगर्न आग्रह गरेका छन् । 

यो पनि