कोरोनाको बढ्दो घटनाका कारण बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण रद्द गरेका छन् । बेलायती प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै जोनसनको भ्रमण रद्द भएको जानकारी दिएको हो ।
भारतमा कोरोनाको नयाँ सङ्क्रमण बढ्दो क्रममा भ्रमण नगर्न विज्ञहरूको सुझावबमोजिम बोरिस जोनसनले भ्रमण रद्द गरिएको हो । जोनसोनको भारत भ्रमणको क्रममा दुई देशबीचको व्यापार र लगानीलाई प्रोत्साहित गरिने विषयमा छलफल गर्ने तयारी थियो ।
यसअघि पनि बोरिस जोनसनको भ्रमण रद्द गरिएको थियो । उनको जनवरीमा भारत भ्रमण गर्ने तयारी थियो । उनलाई भारत सरकारले गणतन्त्र दिवसको अवसरमा विशेष अतिथिका रूपमा आमन्त्रित गरेको थियो ।
तर, त्यस बेला बेलायतमा लकडाउन घोषणा गरिएको थियो । जसको कारण जोनसन आउन सकेका थिएनन् ।