मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा दैनिक तीन लाखभन्दा बढीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

कोरोना संक्रमणले छिमेकी मुलुक भारतलाई निकै आक्रान्त बनाएको छ । भारतमा तीव्र गतिमा संक्रमण विस्तार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित संख्या तीन लाख नाघेर ३ लाख १५ हजार ८०२ जना थपिएका छन्।

संक्रमणका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । त्यहाँ तीन करोड २६ लाख  ७०९ संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ६० हजार संक्रमित थपिएका छन् । अमेरिकामा एक दिनमै ८३४ जनाको मृत्यु भएको छ । 

संक्रमणको आधारमा भारत दोस्रो स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या एक करोड ५९ लाख २४ हजार कटेको छ । भारतपछि रहेको ब्राजिलमा एक करोड ४१ लाख २२ हजार ७९५ संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ७१ हजारभन्दा संक्रमित भएको ब्राजिलमा ३ हजार १ सयको मृत्यु भएको छ। 

भारतमा पछिल्लो २४ घण्टामा २ हजार १०२ जनाको मृत्युको छ । भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ८४ हजार ६७२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि