मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना अस्पतालमा आगलागी हुँदा १३ बिरामीको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

भारतमा उपचारकाे क्रममा रहेका कोरोना संक्रमितका जलेर मृत्यु भएकाे छ । महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ कोरोना संक्रमितकाे मृत्यु भएको हाे । 

महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो । बिरामीकाे मृत्यु भएकाे छ भने केही घाइतेहरूकाे उपचारका लागि अन्यत्र सारिएकाे छ । 

पछिल्लो समय भारतमा बढेकाे संक्रमणका कारण कोरोना संक्रमितले अधपकांश अस्पतालका बेड भरिएका छन् भने अस्पतालका पेटी र खुला ठाउँमा बिरामीहरूको भीड लागेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३२ हजार ५ सय संक्रमित थपिएका छन्।


कस्तो लाग्यो ?

यो पनि