मंसिर ०७, २०८१, शुक्रबार
               

अक्सिजन आपूर्तिमा बाधा पुर्‍याउनेलाई फाँसी दिन दिल्ली हाइकोर्टको आदेश

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा अड्चन सिर्जना गर्नेलाई फाँसी दिन आदेश दिएको छ।

महाराजा अग्रसेन अस्पतालको तर्फबाट दायर रिटको सुनुवाइँ गर्दै जस्टिस विपीन साँघी र जस्टिस रेखा पल्लीको संयुक्त इजलासले सो आदेश दिएको हो । 

कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामी श्वासप्रश्वासमा देखिएको संकटलाई नियाल्दै अस्पतालले यथाशीघ्र चाँडै अक्सिजन उपलब्ध गराउन दिल्ली हाइकोर्टमा रिट दायर भएको थियो । 

भारतमा  पछिल्लो समय कोरोना संक्रमणको दर अत्यधिक छ । 

त्यसैगरी भारतको केन्द्रको राजधानी नयाँदिल्लीको एक अस्पतालमा अक्सिजनको अभाव हुँदा एकैरात २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको जयपुर गोल्डन अस्पतालमा अक्सिजनको कमीले शुक्रबार राति २५ बिरामीको मृत्यु भएको छ । महाराजा अग्रसेन अस्पतालमा अक्सिजनको आपूर्ति नभएको भन्दै उच्च अदालतमा रिट दायर गरिएको छ ।

महाराजा अस्पतालले दिल्ली उच्च अदालतमा रिट दायर गर्दै अस्पतालमा ३०६ बिरामीको उपचार भइरहेका र अक्सिजन सकिएपछि बिरामीलाई गम्भीर अवस्थामै डिस्चार्ज गर्नुपरेको जनाइएको छ । अस्पतालको सघन उपचार कक्ष (आइसियू) १०६ बिरामी भर्ना छन् तर अक्सिजन नभए सबैलाई डिस्चार्ज गर्नुपर्ने जनाइएको छ ।

यो पनि