इजरायलकाे उत्तरपूर्वी क्षेत्रमा रहेकाे एउटा धार्मिक मेलामा भएको भागदौडमा कम्तीमा ४४ जनाकाे मृत्यु भएकाे छ ।
राष्ट्रिय आपतकालीन उद्धार केन्द्र इजरायलका मगेन डेभिड एडोमले भागदौडमा थुप्रै मानिस घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। हालसम्म ४४ जनाको भएको र १ सयभन्दा बढी मानिस घाइते भएको स्थानीय पत्रिकाले उल्लेख गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘डरलाग्दो विपत्ति’को संज्ञा दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
कोरोना भाइरसको महामारीकै बीचमा दशौँ हजार मानिसको उपस्थितिमा त्यहाँको माउन्ट मेरोनमा मेला लागेको थियो। मेलामा भागदौड मच्चिएपछि भने मेलामा सहभागी भएकाहरु फर्किन थालेका छन्।