भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सरदानाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएकाे छ । उनकाे शुक्रबार मृत्यु भएकाे भारतीय समाचारमाध्यमले जनाएकाे छ ।
भारतका वरिष्ठ पत्रकार राजदीप सर्देसाईले पनि रोहित सरदानाको मृत्युको बारेमा जानकारी दिएका छन् । ट्विटरमा श्रद्धाञ्जलि दिँदै उनले भने, 'मित्रहरू, यो अत्यन्त दुखद समाचार हो । प्रसिद्ध टिभी न्यूज एंकर रोहित सर्दनाको निधन भएको छ ।'
जी-न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट उनी निकै चर्चित थिए । उनी पछिल्लो समय आजतक च्यानलमा कार्यरत थिए । उनले सन् २०१७ मा जी-न्यूज छाडेर आजतक ज्वाइन गरेका थिए ।