मंसिर ०७, २०८१, शुक्रबार
               

चीनले रद्द गर्‍याे सगरमाथा आरोहण

नेपाल फ्ल्यास
जेठ ०१, २०७८

ADVERTISEMENT

चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो ।

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले नेपालमा संक्रमण बढेकाले चीनले आफ्नो क्षेत्रबाट हुने सगरमाथा आरोहण रद्द गरेको जनाएको हाे । 

कोरोना महामारीसँग जोगिनका लागि यो कदम चालिएको समाचारमा उल्लेख छ। केही समय अघि नेपालबाट सगरमाथा आरोहणमा गएका आरोहीमा पनि संक्रमण देखिएको समाचार आएको थियो। सगरमाथा आधारशिविरबाट फर्केका स्थानीय बासिन्दा पनि संक्रमण देखिएको थियो। 

नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै आरोहण स्थगित गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको छ । बाहिरबाट फेरि कोरोना नभित्रियोस् भनेर उसले निकै सावधानी अपनाएको छ ।

चीनले यस सिजनमा ३८ जनालाई मात्रै सगरमाथा आरोहणको अनुमति दिएको थियो । उनीहरू सबै चिनियाँ नागरिक रहेको समाचार संस्था एपीले जनाएको छ । नेपालले भने यस वर्ष ४०८ जनालाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि