मंसिर ०६, २०८१, बिहीबार
               

कोरोना भाइरस उत्पत्तिबारे अध्ययन गर्न बाइडेनको निर्देशन

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

कोरोना भाइरस मानवीय उत्पत्ति भएको पहिलेदेखि आशंका भइरहदा अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको उत्पतिबारेमा ९० दिनभित्र रिपोर्ट तयार गर्न त्यहाँको गुप्तचर निकायलाई निर्देशन दिएका छन् ।

कोरोना भाइरस कुनै जीवबाट मानिसमा सरेको हो वा चिनियाँ प्रयोगशालाबाट बाहिरिएको भन्नेमा पूर्ववर्ती राष्ट्रपति डोनाल्ट ट्रम्पकै पालादेखि विवाद थियो । ट्रम्पले त यसलाई चिनियाँ भाइरसकै संज्ञा दिने गरेका थिए ।

यसको उत्पत्तिबारे आशंका र विवाद बढिरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनले अध्ययन गर्न निर्देशन दिएका हुन् । अमेरिकी गुप्तचर निकायले केही दिनअघि कोरोना भाइरस चीनको प्रयोगशालाबाट बाहिरिएको हुनसक्ने प्रतिवेदन तयार पारेको थियो ।

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो । वुहानस्थित समुद्री खाद्य बजारबाट कोरोना भाइरस मानिसमा सरेको दाबी चिनियाँ अधिकारीले गर्दै आएका छन् ।

ट्रम्प प्रशासनले भने यसलाई नकार्दै आएको थियो र यसलाई मानवनिर्मित भनेको थियो । तर विश्व स्वास्थ्य संगठनको अनुसन्धानले प्रयोगशालाबाट मानिसमा सरको सम्भावना कम रहेको जनाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि