नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले कोरोनाभाइरस महामारीका विरुद्धमा मिलेर लड्न सबैलाई आह्वान गरेका छन् ।
“कोरोनाभाइरसले संसारभरी अकल्पनीय सङ्कट ल्याएको छ, यसले ठूलो क्षति पनि बनाएको छ,” विदेशी कुटनीतिज्ञहरुसँग राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उनले भनेका छन् ।
अहिलेको महामारी धेरै ठूलो भएकाले कुनै एउटा देश वा निकायले मात्रै व्यवस्थापन गर्न नसक्ने भएकाले अन्तर्राष्ट्रियस्तरबाट नै गर्नुपर्ने उनको भनाइ छ ।
मानव तथा मानव जीवनशैलीमाथि कोरोनाभाइरसले धावा बोलेको राष्ट्रपति बुहारीले विदेशी कुटनीतिक अधिकारीहरुसँग बताए ।
“सबैले एक अर्का देशलाई सम्मान गर्दै सहयोग र सहकार्य पनि गर्नु अति आवश्यक देखिएको छ, त्यसका लागि म सबैलाई आग्रह गर्दछु,” उनले भने ।
उनले दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा सहकार्य गर्न चाहेको पनि राष्ट्रपति बुहारीले सो अवसरमा बताए ।