मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा संक्रमित घटे पनि मृतकको संख्या बढ्दो

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

भारतमा कोरोनाभाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ हजार ३८० जनाले ज्यान गुमाएका छन् ।

भारतमा संक्रमित हुनेको संख्यामा भने पछिल्लो साता ओरालो लागे पनि दैनिक मृत्यु हुनेको संख्यामा कमी आएको छैन । पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५२९ जना नयाँ संक्रमित थपिएका छन् भने १ लाख ९७ हजार ८९४ जना डिस्चार्ज भएका छन् ।

भारतमा अहिलेसम्म कुल २ करोड ८६ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ६७ लाख भन्दा बढी संक्रमणमुक्त भएका भएका छन् । यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार ८२ पुगिसकेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि