मंसिर ०७, २०८१, शुक्रबार
               

चीनको फलामखानीमा दुर्घटना, ११ मजदुरको मृत्यु

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

एजेन्सी । चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ ।

बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको स्थानीय अधिकारीहरुले जनाएका  छन् । आज बिहान फलाम खानीको एउटा कुवामा पानी पसेको जनाइएको छ ।

यसअघि, उक्त खानी भित्र १३ जना हराइरहेको अनुमान गरिएको थियो । खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको छ ।

हराइरहेका मजदूरको खोजी जारी रहेको छ । खानी मजदूरको शव निकाल्ने क्रममा उद्धारकर्मीले टनेलभित्र ठूलो संख्यामा फ्युज, डेटोनेटर र बिस्फोटक पदार्थ छ ।

बिस्फोटक पदार्थ डिस्पोजल गर्ने विज्ञहरुको टोली पनि उक्त खानीमा पठाइएको छ ।

बुधबार बिहानैदेखि भइरहेको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाई भइरहेको छ । घटनाबारे अनुसन्धान थालिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि