मंसिर ०७, २०८१, शुक्रबार
               

चीनका ३ अन्तरिक्ष यात्रीसहितकाे यान नयाँ केन्द्रतर्फ प्रस्थान

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

चीनले आफ्नो नयाँ अन्तरिक्ष केन्द्रतर्फ रकेट पठाएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान चीनले चीन यात्रीसहितको यान उक्त नयाँ अन्तरिक्ष केन्द्रतर्फ पठाएको हो ।

उत्तर पश्चिमी चीनमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट यात्रीसहितको यान पठाइएको हो । तीन यात्रीहरूले नयाँ अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् र उनीहरूले त्यहाँ अन्तरिक्ष केन्द्रको निर्माणसम्बन्धी काम गर्ने सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तरिक्ष यात्रीहरू नी हेशेङ्ग, लियू बोमिङ्ग र ताङ्ग होङ्गबोले अन्तरिक्ष यात्रा सुरु गरेका हुन् । उनीहरूले पृथ्वीबाट ३८० किलोमिटर पर रहेको अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् । 


कस्तो लाग्यो ?

यो पनि