मंसिर ०७, २०८१, शुक्रबार
               

इरानको राष्ट्रपतिमा इब्राहिम रइसी विजयी

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

 कट्टरपन्थी नेता इब्राहिम रइसी इरानका राष्ट्रपति निर्वाचित भएका छन् ।

उनको पक्षमा ६२ प्रतिशत मत आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रइसी इरानका प्रधानन्यायाधीश हुन् । उनी अतिरूढिवादी र कट्टरपन्थी मानिन्छन् ।

अमेरिकाले रइसीविरुद्ध प्रतिबन्ध लगाएको छ । उनले राजनीतिक बन्दीहरूलाई दण्डको फैसला गरेको आरोप छ ।

इरानमा राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईले हेर्ने गर्छन् । राष्ट्रपति दोस्रो बरीयतामा रहने छन् ।

सन् २०१७ मा हसन रुहानीसँग उनले राष्ट्रपतिका लागि प्रतिस्पर्धा गरेका थिए । त्यसपटक उनले हारेका थिए । ६० वर्षीय रइसीले २०१९ मा न्यायालय प्रमुखमा नियुक्त भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि