मंसिर ०७, २०८१, शुक्रबार
               

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार २४७ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या ५ लाख ८६८ जना पुगेको छ ।

गत २४ घण्टामा ब्राजिलमा ८१ हजार ५७४ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ७८ लाख ८३ हजार ७५० जना पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि