मंसिर ०७, २०८१, शुक्रबार
               

४० हजार घुससहित वन कार्यालयका कर्मचारी पक्राउ

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

धादिङ । धादिङका सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ परेका छन् ।

नीलकण्ठ गाउँपालिकाको सब-डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रङ्गेहात पक्राउ गरेको हो ।

फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठको बारेमा परेको उजुरी मिलाइदिने भन्दै फर्निचर व्यवसायीसँग रकम लिंदै गर्दा उनी पक्राउ परेका हुन् ।

पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाही हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


 


कस्तो लाग्यो ?

यो पनि