एजेन्सी । स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका छन् । संसदमा हिजो भएको मतदानमा बहुमत सदस्यहरूले उनलाई बिदा गर्ने पक्षमा मत दिएका थिए ।
मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए भने ५१ जन अनुपस्थित भएका थिए ।
३४९ जना सांसद मध्ये १ सय १७ जना मात्रै प्रधानमन्त्री लोफभेनको पक्षमा उभिएका थिए । विश्वासको मत नपाएपछि अब प्रधानमन्त्री लोफभेनलाई राजिनामा दिन वा मध्यावधि निर्वाचन घोषणा गर्न एक हप्ताको समय रहेको छ ।
सत्तारुढ दक्षिणपन्थी पार्टीलाई ग्रिन पार्टीले दिएको समर्थन फिर्ता लिएपछि स्विडसी सरकार संकटमा परेको हो ।