मंसिर ०७, २०८१, शुक्रबार
               

मोदीको दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर गरिएको छ ।

मन्त्रिपरिषदका ४३ सदस्यहरुले बुधबार साँझ ६ बजे पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्, जसमा १५ मन्त्री र २८ जना राज्यमन्त्री छन् ।

यससँगै मोदी नेतृत्वको मन्त्रिपरिषद ७७ सदस्यीय बनेको छ । मन्त्रिपरिषदमा ३६ जना नयाँ अनुहार छन् भने सात जना पुरानै मन्त्रीहरुको भूमिका थप बढाइएको छ ।

प्रधानमन्त्री मोदीले विज्ञान तथा प्रविधि मन्त्रालय आफैंसँग राखेका छन् । पहिलोपटक अस्तित्वमा आएको सहकारिता मन्त्रालय गृहमन्त्री अमित शाहलाई थपिएको छ ।

कांग्रेस छाडेर भाजपामा प्रवेश गरेका ज्योतिरादित्य सिन्धियाले आकर्षक मानिने नागरिक उड्डयन मन्त्रालय पाएका छन् ।

मन्त्रिपरिषदमा सबैभन्दा कम उमेरका निशिथ प्रामाणिक छन् । पश्चिम बंगालबाट संसदमा प्रतिनिधित्व गर्ने ३५ वर्षीय निशिथलाई खेल तथा युवा राज्यमन्त्री बनाइएको छ । यसैगरी सबैभन्दा ज्येष्ठ मन्त्रीको रुपमा ७२ वर्षीय सोम प्रकाश छन् । उनी वाणिज्य तथा उद्योग राज्यमन्त्री छन् । मन्त्रिपरिषदमा ५० वर्ष मुनिका ११ जना छन् ।

मोदीको क्याबिनेटमा दलितको संख्या १२ छ जो अलग–अलग आठ–आठ राज्यबाट प्रतिनिधित्व गर्दछन् । यसैगरी महिलाहरुको संख्या ११ छन् र जनजातीको संख्या ८ छ ।

नयाँ मन्त्रीको शपथ ग्रहणभन्दा केही घण्टा अगाडि मात्रै स्वास्थ्य, शिक्षा, पर्यावरण, सूचना लगायतका १२ मन्त्रीहरुलाई पदबाट हटाइएको थियो ।

यस्तो छ मोदी क्याबिनेट

राजनाथ सिंह– रक्षा
अमित शाह– गृह तथा सहकारिता
नितिन गडकरी– परिवहन तथा राजमार्ग
निर्मला सीतारमण– वित्त तथा कार्पोरेट
नरेंद्र सिंह तोमर– कृषि
एस जयशंकर– विदेश मन्त्री
अर्जुन मुण्डा– आदिवासी
स्मृति ईरानी– महिला एवं बाल कल्याण
पीयूष गोयल– वाणिज्य, उद्योग, उपभोक्ता तथा कपड़ा
धर्मेन्द्र प्रधान– शिक्षा, उद्यम तथा कौशल विकास
प्रह्लाद जोशी– संसदीय मामिला
नारायण राणे– लघु, मध्यम तथा सूक्ष्म उद्योग
सर्बानंद सोनोवाल– पोर्ट, शिपिंग, जलमार्ग
मुख्तार अब्बास नकÞवी– अल्पसंख्यक
वीरेन्द्र कुमार– सामाजिक न्याय
गिरिराज सिंह– ग्रामीण विकास तथा पञ्चायती
ज्योतिरादित्य सिंधिया– नागरिक उड्डयन
आरसीपी सिंह– इस्पात
अश्विनी वैष्णव– रेलवे, सञ्चार तथा सूचना
पशुपति कुमार पारस– खाद्य
गजेन्द्र सिंह शेखावत– जलशक्ति
किरेन रिजिजू– न्याय तथा कानून
आरके सिंह– ऊर्जा
हरदीप सिंह पुरी– पेट्रोलियम, ग्यास, आवास एवं शहरी विकास
मनसुख माण्डविया– स्वास्थ्य तथा परिवार कल्याण
भूपेन्द्र यादव– पर्यावरण एवं वन, जलवायु परिवर्तन, श्रम एवं रोजÞगार
महेन्द्र नाथ पाण्डे– भारी उद्योग
पुरुषोत्तम रुपाला– पशुपालन, मत्स्य पालन तथा दुग्ध उत्पादन
जी. किशन रेड्डी– पर्यटन एवं संस्कृति
अनुराग ठाकुर– खेल तथा युवा

 


कस्तो लाग्यो ?

यो पनि