मंसिर ०७, २०८१, शुक्रबार
               

श्रीलङ्कामा एक करोड जनाले कोरोनाको खोप लगाए

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

कोलम्बो । श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोरोना विरूद्धको खोप लगाएको मङ्गलबार सार्बजनिक यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि पुगेको औषधी उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताएका छन् ।

जयसुमानाले श्रीलंकामा ३० वर्षभन्दा माथिको कुल जनसङ्ख्या एक करोड १५ लाख रहेको खोप लगाउन बाँकी रहेको उक्त उमेर समूहका १५ लाख व्यक्तिलाई आगामी केही सातामा नै खोप दिइने उनले बताए । 

जयसुमानाले स्थानीय सञ्चारकर्मीसँग भने, ‘श्रीलङ्काका राष्ट्रपतिले अगस्टको अन्त्यअघि ३० वर्षभन्दा माथिका सबैलाई खोप लगाउने प्रबन्ध गर्न सरकारलाई दिएको निर्देशन अनुसार प्रशासनले काम गरिरहेको छ । हामी विश्वस्त छौँ हामीसँग तोकिएको समयभन्दा अघि पनि यो अभियानलाई पूरा गर्न लागिपरेका छौँ ।’ 

सरकारी अधिकारीका अनुसार श्रीलङ्काले खोप लगाउने कामलाई पहिलो प्राथमिकतामा राखी अभियानलाई तीव्रता दिएको छ । ३० वर्ष माथिको उमेरका व्यक्तिलाई खोप लगाइसके पछि सरकारले छिट्टै १८–३० बर्ष उमेर समूहलाई लक्षित गरी अभियान थाल्नेछ । 

स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार यस एशियाली मूलुकमा चीनमा निर्मित खोप सिनोफार्म लगाउने मात्रको सङ्ख्या करिब ८३ लाख रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि