मंसिर ०७, २०८१, शुक्रबार
               

अफगानिस्तानको काबुलबाहेक अन्य सहर तालिबानको कब्जामा

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

काबुल । अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आइतबार बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजर–इ–सरिफमा तालिबान लडाकुहरुले कब्जा जनाएका थिए । बीबीसीका अनुसार अफगान सुरक्षाकर्मीहरुले जलालावाद कुनै प्रतिकारबिना नै तालिबानहलाई छोडिदिएका हुन् । तालिबान काबुलतर्फ बढिरहँदा राष्ट्रपति असरफ घानीलाई राजीनामा दिन दबाब बढेको छ । 

यसैबीच, अमेरिकाले अफगानिस्तानको संकटग्रस्त देशबाट आफ्ना नागरिकको सुरक्षा र उद्धारका लागि ५ हजार सैनिक तैनाथ गर्ने बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि