मंसिर ०७, २०८१, शुक्रबार
               

अफगानिस्तानमा युद्ध समाप्त भएको तालिवान लडाकुको घोषणा

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

एजेन्सी । तालिवनी लडाकु  समूहले अफगानिस्तानको युद्ध समाप्त भएको घोषणा गरेको छ । २० वर्ष लामो सममयपछि सत्ता कब्जा गर्न सफल भएकको सो तालिवानी समूहले पछिल्लो पटक युद्ध समाप्त भएको घोषणा गरेको हो ।

समाचार एजेन्सी अल जजिरालाई दिएको एक अन्तर्वार्तामा तालिबानी प्रवक्ता मोहम्मद नईमले राष्ट्रपति असरफ घानीले मुलुक छोडेसँगै सत्ता शान्तिपूर्ण रुपमा तालिबानीको नियन्त्रणमा आएको र युद्ध समाप्त भएको बताएका हुन् ।

उनले अब अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गर्न तालिबान तयार रहेको बताएको विभिन्न समाचारमा जनाइएको छ । मोहम्मद नईमले अफगानिस्तानमा अब कस्तो सत्ता चलाउने, कस्तो शासन व्यवस्था हुने भन्नेबारे केही समयमै स्पष्ट रुपमा सार्वजनिक गरिने पनि जानकारी गराएका छन् ।

उनले तालिबानले सिरिया कानूनको माध्यमबाट महिला र अल्पसंख्यकको अधिकार र अभिव्यक्ति स्वतन्त्रताका सम्मान गरिने बताएका छन् । उनले तालिबानले कसैको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने नीतिमा रहेको भन्दै अफगानिस्तानको मामिलामा कसैले हस्तक्षेप नगर्न आग्रह गरेको बताइएको छ ।

उनले विदेशी सेनाले फेरि अफगानिस्तानमा आफ्नो असफल अनुभव दोहोर्याउला भन्ने आफूहरुले नसोचेको समेत बताएका छन् । तालिबान विद्रोही काबुल प्रवेश गरेपछि हिजो (आइतबार) राष्ट्रपति असरफ घानीले देश छोडिसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि