नयाँ दिल्ली । राष्ट्रपति रामनाथ कोविन्दको दोस्रो आँखाको मोतिबिन्दुको शल्यक्रिया राष्ट्रिय राजधानीस्थित आर्मी हस्पिटल (रिफरल एन्ड रिसर्च) मा शुक्रबार भएको छ ।
‘शल्यक्रिया सफल भयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ,’ सूचनामा भनिएको छ, ‘उहाँको पहिलो आँखाको शल्यक्रिया पनि सन् २०७१ असोज १९ गते सैनिक अस्पतालमा नै भएको थियो ।’
राष्ट्रपति कोविन्दको सचिवालयले शुक्रबार विज्ञप्ति जारी शल्यक्रिया सफलतापूर्वक सकिएको बताएको छ । उनलाई केही दिन आराम गर्न चिकित्सकहरूले सल्लाह दिएका छन् । उनले यसै वर्ष मार्च ३० मा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गराएका थिए ।