एजेन्सी । इक्वेडरको एक कारागारमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ । कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा मृत्यु हुनेको संख्या ११६ पुगेको हो । अरु ५० भन्दा बढी घाइते भएका छन् ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । सो क्रममा ५ जना टाउको काटिएको अवस्थामा फेला परेको बीबीसीले जनाएको छ ।
उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो। स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कारागारभित्रको सो घटनामा शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहको संलग्नता खुलेको छ ।
घटनापछि चार सय प्रहरी त्यहाँ परिचालन गरिएको छ ।