मंसिर ०७, २०८१, शुक्रबार
               

दक्षिण कोरियाको सेनामा सहकर्मीमाथिको यौन दुर्व्यवहार बढ्दो

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

दक्षिण कोरियाको वायुसेनाकी एक अधिकृतलाई आत्महत्या गर्न उनकै सहकर्मीले दुरत्साहन गरेको खुलासा भएको छ । सहकर्मीले बलात्कार गरेपछि उनले आत्महत्या गरेको खुलासा भएको हो । आत्महत्या दुरुत्साहनको अभियोगमा वायु सेनाका १५ जनाबिरुद्ध मुद्दा चलाइएको छ । 

त्यस्तै सो घटना ढाकछोप गर्न खोज्ने अरू दर्जनौं अधिकारीहरुलाई अनुशासनको कारबाही हुने भएको छ । उनको आत्महत्यालाई लिएर दक्षिण कोरियाली वायुसेनाको चर्को आलोचना भएको थियो । आलोचनापछि वायु सेनाका प्रमुखले राजीनामा दिएका थिए । 

दक्षिण कोरियाको सेनामा सहकर्मीमाथिको यौन दुव्र्यवहार बढ्दो छ । अर्को एक छुट्टै घटनामा दक्षिण कोरियाको स्थल सेनाका एक अधिकारीले समलिंगी महिला सिपाहीलाई जागिर छोड्न बाध्य पारेको एउटा अदालतले फैसला गरेको छ । जागिर छोडेको केही दिनपछि उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । 

दक्षिण कोरियाका पहिलो समलिंगी सिपाही बायन ही सोको मृत्युको आधिकारिक कारण भने सार्वज्निक हुँन बाँकी नै छ । महिला सुरक्षाकर्मीमाथि हुने गरेका दुव्र्यबहारका घटनामा दक्षिण कोरियाको सेनाका उच्च अधिकारीहरू बारम्बार तानिने गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि