मंसिर ०७, २०८१, शुक्रबार
               

भारतको उत्तरप्रदेशमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज ३०, २०७८

ADVERTISEMENT

भारत उत्तरप्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । चिरगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । मध्यप्रदेशको पण्डखोरबाट जिल्लाकै एक मन्दिर दर्शनका लागि जाँदै गरेकाहरु झाँसीको चिरगाउँमा दुर्घटनामा परेका हुन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा कमी हुन नदिन अधिकारीहरुलाई निर्देशन दिएकाे समाचार एजेन्सी एएनआईले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि