मंसिर ०७, २०८१, शुक्रबार
               

जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित

नेपाल फ्ल्यास
कात्तिक २४, २०७८

ADVERTISEMENT

जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष  फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् ।

संसदको विषेश अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उहाँ फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित भएका हुन् ।

गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका किशिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाएको हो ।  

उनले मन्त्रीपरिषद्को सदस्यमा पनि आफ्नो पहिलो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ । छोटो समयका लागि सञ्चालन गरिएको संसदको विषेश अधिवेशनको अरु पनि केही महत्वपूर्ण कामहरु गरेको संसद सचिवालयले जनाएको छ । 

नयाँ सरकारले कोरोनाभाइरसको महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । अर्थतन्त्रलाई चलायमान गराउन सरकारले ‘गो टु ट्राभल’ अभियान समेत चलाउने तयारी गरेको अधिकारीहरूले जानकारी दिएका छन् । 

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि भन्दै आमनिर्वाचनमा आमनागरिकको सहयोगको अपेक्षा गरेकाे थियो । प्रधानमन्त्री किशिदाले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरूसँग आग्रह गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि