मंसिर ०६, २०८१, बिहीबार
               

‘निरो’लाई छायाँ पार्ने ओली !

ADVERTISEMENT

‘बाँसुरी पुरानै निरो भने नयाँ नयाँ
कथा पुरानै हिरो भने नयाँ नयाँ ।
रोम जल्दा आनन्द लिने राजा जस्तै
संवेदनाहीन शासक फिर्याे नयाँ नयाँ ।’

मंगलबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाएको तस्वीर देखेपछि फुरेको मुक्तक हो यो । पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई दायाँबायाँ राखेर प्रधानमन्त्री ओलीले बाँसुरी बजाइरहँदा मञ्चअघि बसेर रमिता हेर्नेहरु धेरै रहेछन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य र अन्य पाहुनाले ताली पिटेर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई साथ दिइरहेका रहेछन् ।

उक्त तस्वीर देखेपछि रोमका तत्कालीन राजा निरोको याद आयो । कुनै यूगमा रोमस्थित एक सहरमा आगलागी भएको थियो । आगलागीका कारण सहर नष्ट हुँदै थियो । सहरबासीको बिचल्ली भएको थियो । 

राजा निरोलाई दरबारमा सूचना पुर्‍याएर उद्धार गर्न आग्रह गरियो । तर उनी भने बाँसुरीको धुनमा मग्न भए । त्यसैले भनिन्छ – रोम जलिरहेको थियो, राजा निरो दरबारको बार्दलीबाट बाँसुरी बजाइरहेका थिए । 

प्रधानमन्त्रीले बाँसुरी बजाउनै हुँदैन भन्ने होइन । तर पछिल्लो परिस्थिति बालुवाटारमा भोज, भतेर र बाँसुरी बजाएर रमाइलो गर्ने खालको छ त ?  न कुनै राष्ट्रिय उत्सव, न त बाँसुरी दिवस  । न त कुनै ठूलै युद्ध जितेको खुशीयाली ।  

त्यो दास युगका क्रुर र संवेदनाहीन शासकहरुको कुरा आज पनि विभिन्न प्रसङ्गमा चर्चा हुने गर्छ । आज हामी २१ औं शताब्दीको खुला लोकतन्त्र र अति–विकसित सूचना–प्रविधिको युगमा छौं । अहिले विश्वभरका घटनाहरु क्षणभरमै डिजिटल सञ्चार माध्यमहरुबाट थाहा पाउँछौं । तीबारे प्रतिक्रिया दिन्छौं, पोजिसन लिन्छौं ।

तर विडम्बना ! झण्डै महिना दिनयता नोबेल कोरना भाईरसका कारण विश्व आतंकित छ । विश्वभर स्वास्थ संकटकाल घोषणा भएको छ ।  लाखौं नागरिक आक्रान्त छ । छिमेकी मुलुक चीन अस्तव्यस्त छ ।  कोरोना संक्रमणका कारण  ५ सय जना बढीको मृत्यु भइसकेको छ भने २५ हजारभन्दा बढी संक्रमित भएका छन् । जसको असर नेपालमा पनि परेको छ । तर प्रधानमन्त्री भने बाँसुरीको धुनमा मस्त छन् । यसले रोमका तत्कालीन शासक निरोको सम्झना दिलाउँछ ।

चीनको हुवेइ प्रान्तको वुहानमा रहेका नेपालीहरु छिटो उद्धार गरेर आफूलाई स्वदेश फर्काउन बिलौना गरिरहेका छन् । अमेरिका, बेलायत, भारत, जापान, अस्ट्रेलियालगायतका देशहरुले वुहानमा रहेका आफ्ना नागरिकलाई उद्धार गरेर लगिसकेका छन् । तर नेपालीहरुलाई सरकारले ल्याउन पहल नगर्दा आत्तिएका छन् ।

संक्रमण हुने डरमा त्यहाँका नेपाली विद्यार्थीलाई एक सातादेखि कोठामा थुनेर राखिएको छ । दुई सय बढी नेपाली विद्यार्थीले नेपाल फर्किनका लागि आवेदन दिइसकेका छन् । उनीहरु जतिसक्दो चाँडो नेपाल फर्किन चाहन्छन् । तर तीनीहरुलाई स्वदेश फर्काउने विषयमा सरकारले पहल गर्नुपर्ने समयमा सरकार भने उनी क्रुर साशक निरो झै भोजभतेर र बाँसुरीको तालमा आनन्द लिइरहेको छ ।

कहिले आइपुग्लान् ती नेपाली स्वदेश ?

धेरै दिन भइसक्यो, चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउने चर्चा भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि त्यहाँ रहेका नेपालीलाई उद्धार गर्ने नबताएको भने होइन । हरेक दिनजसो पत्रकार सम्मेलन गर्दै चीनमा रहेकाको उद्धार गर्ने बताइरहेको छ । तर तयारी पूरा भएको भने पनि चीनमा त्रसित नेपालीलाई ल्याइएको छैन ।  

स्वदेश फर्काए पनि तीनीहरुलाई  कहाँ राखेर क्वारेन्टाइन प्रक्रिया पूरा गर्ने भन्नेमा सरकार अन्योलमै छ । यी विषयहरु हेर्ने हो भने जसरी किम्बदन्तीअनुसार २ हजार वर्षअघि निरोलाई रोम जल्दा मस्ती र नाचगानमा लागेका शासकको रूपमा विद्रुपीकरण गरेकाले उनलाई संवेदनाहीन बिम्बको रूपमा उभ्याउने गरिन्छ । अहिले प्रधानमन्त्री ओलीको चरित्र नि निरो समान देखिएको छ । लाग्छ कि ओलीले निरोलाई नै छायाँमा पार्नेछन् ।

यदी चीनबाट नेपाल ल्याए पनि उनीहरुलाई २ साता छुट्टै क्वारेण्टाइनमा राख्नुपर्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सर्ने अवधि २ देखि १० दिन हुने भनेकाले त्यस क्षेत्रबाट आएका मानिसहरुसँग २ सातासम्म अन्य मानिसको सम्पर्क हुन दिन नहुने बताएको छ । यसर्थ प्रधानमन्त्रीले  आफूमातहतका निकायलाई तत्काल निर्देशन दिनुपर्ने हो । तर प्रधानमन्त्री ध्यान त्यता जान नसक्नु बिडम्बना हो ।

सर्वराहाराका सारथि भनेर प्रचार गरिने कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् ओली । पार्टीको सिद्धान्तअनुसार गरिब दुखी, पीडित नागरिकका नेता हुन् उनी । जनताले नै बनाएका हुन् उनलाई प्रधानमन्त्री ।

विद्यार्थीको मार्मिक पत्रले पनि छोएन !

कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुवेई प्रान्तबाट एक नेपाली विद्यार्थीले प्रधानमन्त्री ओलीलाई पत्र समेत लेखेकी छिन् । वुहानमा अध्ययनरत प्रमिला सुभी देवकोटाले त्यहाँ अध्ययनरत सबै नेपाली विद्यार्थीको प्रतिनिधित्व गर्दै पीडा पोखेकी छिन् ।

पत्रमा आफूहरु कोठामा थुनिएर बसेको धेरै दिन बितिसक्दासमेत आफ्नो देशको सरकारले उद्धार नगरेकोमा उनले दुःख र अक्रोश व्यक्त गरिएको छ । ‘हामी यहाँ चीनको बुहेइमा भएका विद्यार्थी भने रातभर तपाईंलगायतका नेताहरुले बाँसुरी बजाइरहेको तस्वीर हेरेर चिथोरिरह्यौं’ पत्रमा भनिएको छ । यस्तै पत्रमा आफूहरुको उद्धारमा ढिलाई भए जीवन गुमाउने खतरा रहेको प्रधानमन्त्रीलाई थाहा हुनुपर्ने हो ? भन्दै स्मरण गराएका छन् ।  

यही पत्रबाट पुष्टि हुन्छ कि, चीनमा अलपत्र विद्यार्थीले प्रधानमन्त्री ओलीलाई रोमन शासक निरोको आधुनिक अवतार देखेका छन् । उनीहरु सामाजिक सञ्जालमा बिलौना गरिरहेका छन् । तर प्रधानमन्त्री ओली वा उनको जम्बो सचिवालयलाई यो सोच्ने फुर्सद छैन । प्रधानमन्त्री ओली भने ‘आर्यघाटमा हाँसो’ जस्तै व्यवहार देखाइरहेका छन् ।

प्रधानमन्त्रीले बाँसुरी बजाउनै नहुने हो त ?

प्रधानमन्त्रीले बाँसुरी बजाउनै हुँदैन भन्ने होइन । तर पछिल्लो परिस्थिति बालुवाटारमा भोज, भतेर र बाँसुरी बजाएर रमाइलो गर्ने खालको छ त ?  न कुनै राष्ट्रिय उत्सव, न त बाँसुरी दिवस  । न त कुनै ठूलै युद्ध जितेको खुशीयाली ।  

खुशीयालीमा रमाइलो गर्ने मानवीय स्वभाव नै हो । यसमा पनि संगीतपे्रमी को नहोला र ? सामान्य अवस्थामा यस्तो कार्यक्रम राखिएको भए अस्वाभाविक रूपमा हेरिँदैन थियो । सर्वराहाराका सारथि भनेर प्रचार गरिने कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् ओली । पार्टीको सिद्धान्तअनुसार गरिब दुखी, पीडित नागरिकका नेता हुन् उनी  । जनताले नै बनाएका हुन् उनलाई प्रधानमन्त्री ।

त्यसैले जनताको चाहनाअनुसार चल्नु उनको धर्म हो । मानिसहरु सोच्थे – रोम जलिरहँदा निरोले कसरी बाँसुरी बजाइरहन सके ? तर सम्भव रहेछ । ओलीका तमासा हेरेपछि निरो पनि छायाँमा परेका छन् । 

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि