गत जनवरीमा एक क्यानेडेलीमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको घोषणा भयो । यसको छोटो समयमै मानितोवा राज्यको विनीपेगका स्वास्थ्यकर्मी डेभिड साओलाई उनका साथीभाईले ‘घर फर्कन र कोरोना भाइरसको संक्रमण बन्द गर्न’ भन्दै जिस्क्याए ।
उनी बिरामी थिएनन्, तर आफ्नो कार्यालयका एक्लो चीनियाँ थिए । सन् १९८९ मा चीनको सांघाईबाट साओ क्यानेडा आएका थिए । यद्यपी उनी कहिल्यै उहान गएनन् र पछिल्लो १ वर्षभन्दा लामो समयदेखि क्यानेडाबाट निस्किएका पनि थिएनन् ।
बिडम्बना, यी र यस्ता टिप्पणी उनका लागि नौलो होइनन् । सन् २००३ मा सार्स भाइरसको संक्रमण फैलिएका बेला पनि उनलाई यसरी नै साथीभाईले ‘टाढा बस्न र घर फर्कन’ भनेका थिए ।
यी दुई महामारीका समय साओले भोगेको अनुभव क्यानेडा वा बाहिर बस्ने चीनियाँ जनताको वास्तविकता हो । सार्स र अहिलेको महामारीले निरन्तरको रंगभेद संझाइदिएको छ, जसले चिनियाँ जनसंख्यालाई स्वभाविक रुपमा विदेशी, अस्वस्थ्य र रोग बोकेका व्यक्ति संझन्छ ।
सामाजिक सञ्जालमा चिनियाँ जनतालाई फोहोरी भनेर लेखिएका असंख्य पोस्ट भेटिन्छन् । चिनियाँ महिलाले उहानको रेस्टुरेन्टमा चमेराको सुप खाएको भनिएको एक भिडियो भाइरल छ, त्यससँगै मानिसहरु यस्तै अभ्यासले कारण महामारी फैलिएको दाबी गरिरहेका छन् ।
नतिजा, चाइना टाउन फोहोर र कम्पोस्टले भरियो, ढलनिकास प्रणालीको अभाव भयो । यहाँ जनसंख्याको ठूलो चाप थियो र ताजा हावाको अभाव भयो । सरकारको बेवास्ताकै कारण यो समुदायमा क्षयरोगजस्ता रोगको संक्रमण धेरैभन्दा धेरै बढ्यो ।
जो व्यक्ति चिनियाँहरु फरक खानपानकै कारण बिरामी हुन्छन् भन्ने विश्वासमा छन् । उनीहरुमा यो भिडियो पालाउको प्यासिफिक टापूमा सुट गरिएको हो र त्यो परिकार चीनियाँ नभएर त्यहाँको स्थानीय हो, अनि अहिलेको महामारी ‘चेमेरोको सुप’ बाट फैलिएको होइन भन्ने तथ्यले व्यक्ति खासै अर्थ राखेको देखिदैंन ।
खराब स्वास्थ्य र रोगको सम्बन्ध के खाइन्छ भन्नेमा कम र त्यसलाई कुन अवस्थामा, कसरी तयार गरेर खाइन्छ भन्नेमा बढी निर्भर हुन्छ । खराब नीति र नियन्त्रणको कमीले यस्ता रोग फैलाइरहेको हुन्छ, न कि आदिवासी समूहले खाने खाद्यान्नले ।
चिनियाँहरु ‘अस्वस्थ्य’ र ‘फोहोरी’ छन् भन्ने पूर्वधारणा सार्स फैलनुभन्दा निकै अघिदेखि नै बनेकोे थियो र अहिले कोरोना भाइरस आयो ।
१९ औं शताब्दीको अफिम युद्ध सुरु हुदाँ नै चीन देशलाई ‘पूर्वी एशियाको बिरामी व्यक्ति’ भनिएको थियो । चिनियाँ आप्रवासीहरु उत्तर अमेरिका आउँदा उनीहरुलाई अवस्थ्य र बिरामी देखाउन यो बेइज्जती सांकेतिक रुपमा प्रयोग भयो ।
१९ औं शताब्दीको अन्त्यतिर क्यानेडामा गोराहरुको स्वामित्वका रेस्टुरेन्टले चिनियाँ कामदारलाई जागिर दिदैंनौं भनेर विज्ञापन गर्नु अस्वभाविक थिएन । चाइनाटाउमा खराब अवस्था देखियो भने मानिसहरु चिनियाँ जनता अवस्थ्य छन् भन्ने धारणालाई त्यससँग जोड्ने गथ्र्ये ।
१८८७ मा भ्यानकोभरको चिनियाँलाई रिर्पोटरहरुले ‘सभ्यताको कुरुप वस्तु’ र ‘किरा जन्माउने’ भनेर व्याख्या गरेका थिए ।
१८९० मा भ्यान्कोभरमा हैजा फैलियो, स्थानीय पत्रपत्रिकाले यस शहरको चिनियाँ बस्तीविरुद्ध कारबाही गर्न सरकारसँग माग गरे ।
यथेस्ट प्रमाणबिना नै सिटी काउन्सिलले चाइनाटाउनलाई आधिकारीक रुपमा ‘मुख्य कारक’ घोषणा गर्यो, स्वास्थ्यकर्मीहरुको अनुगमन र स्वास्थ्य रिर्पोटमा यस्तो उल्लेख थियो । चिनियाँ बस्तीलाई ‘ढलको क्षेत्र’, ‘फोहोरको केन्द्र’, ‘वधशाला’, ‘सुंगरको खोर’ लगायत धेरै नाम दिइयो– यी सबै काम यहाँका स्थानीयले गरेकै थिएनन् ।
चिनियाँ जनता अवश्य गरिब अवस्थामा थिए, तर यो उनीहरुको गल्ती थिएन । उनीहरुले भौतिक पूर्वाधारमा सुधार ल्याउन माग गर्दै बारम्बार निवेदन दिएका थिए, तर स्थानीय प्रशासनले आप्रवासीहरुको क्षेत्रलाई वर्षौसम्म बेवास्ता गरे, यसलाई कम प्राथमिकतामा राखे ।
नतिजा, चाइना टाउन फोहोर र कम्पोस्टले भरियो, ढलनिकास प्रणालीको अभाव भयो । यहाँ जनसंख्याको ठूलो चाप थियो र ताजा हावाको अभाव भयो । सरकारको बेवास्ताकै कारण यो समुदायमा क्षयरोगजस्ता रोगको संक्रमण धेरैभन्दा धेरै बढ्यो ।
१८९६ मा अन्तत ढल निकासको प्रबन्ध गरियो, तर उच्च जनसंख्याको समस्या समाधान भएन । बरु उल्टै शहरका अधिकारीहरुले चाइनाटाउनका घरहरु शहरका लागि जोखिमपूर्ण छन् भन्दै यदाकदा घरहरु भत्काए, जसकारण धेरै चिनियाँ कामदार घरबारविहीन बने ।
आजका दिनमा क्यानेडाका चाइनाटाउनहरुको अवस्थामा देखिनलायक सुधार छ, तर, सोच बदलिन बाँकी छ अनि सार्स र कोरोभाइरसजस्ता महामारीले यो आगोमा ध्यू थपेका छन् ।
चिनियाँ व्यापारीका लागि ‘लुनार नयाँ वर्ष’ निकै व्यस्त समय हो, तर यस वर्ष महामारीको समाचार फैलिएसँगै क्यानेडाका चीनियाँ मल तथा रेस्टुरेन्टहरु खाली छन् ।
मार्खाम ओन्टारियोस्थित चीनियाँ–क्यानेडेली महासंघका अनुसार कोरोना भाइरसको महामारीपछि चिनियाँ उद्योगले २० प्रतिशतदेखि ९० प्रतिशतसम्म घाटा व्यहोरेका छन् ।
२००३ मा सार्सको महामारी फैलदाँ टेरेन्टोस्थित चाइनाटाउनको व्यापार ४० प्रतिशतदेखि ८० प्रतिशतसम्म खस्किएको थियो ।
केही अति सिमान्तकृत समुदायले कोरोनाको आर्थिक मुल्य चुकाइरहेका बेला क्यानेडेली अधिकारीहरुले चीन विरोधी रंगभेद र चलेका भ्रामक धारणा चिर्न थोरैमात्र गरेको छ ।
केही ठाउँमा त संभावित महामारीसँग जुध्न पर्याप्त स्थानीय स्वास्थ्य क्षमता समेत छैन । अन्टोरियोमा डोउग फोर्डको कन्जरभेटिभ सरकार खर्च जोगाउनका लागि ३५ वटा जनस्वास्थ्य युनिटलाई मर्ज गरेर १० वटा बनाउने प्रक्रियामा छ ।
यी जनस्वास्थ्य युनिटले संक्रामक रोगको नियन्त्रण र रेस्टुरेन्टहरुको परीक्षण गर्छन् – सफाई सम्बन्धी मापदण्ड पुरा भएको छ भनेर पक्का गर्न । उनीहरुलाई मर्ज गर्दा सेवाको गुणस्तर खस्कनसक्छ ।
यस्तो कटौती सँगसँगै सरकारले कामदार ऐन संशोधन गर्ने प्रक्रिया पनि अघि बढाएको छ – कामदारको तलबी बिरामी विवाद कम हुनेछ र उनीहरुले बिदा लिन पनि बिरामी भएको निवेदन दिनुपर्छ ।
असंख्य अनुसन्धानहरुले देखाइसकेका छन्, तलबी बिरामी बिदा हटाउने यो कामले निरन्तरता पाउने देखिन्न । रोगको लक्षण देखिएका कामदार घरमा आराम गर्नुको साटो कार्यालय आउँदा रोग फैलने खतरा रहन्छ । कोरोना भाइरस फैलिरहेका बेला झन्डै १ सय ७५ जनाभन्दा धेरै स्वास्थ्य कामदारले खुलापत्रमा हस्ताक्षर गर्दै ओन्टारियो सरकारसँग तलबी बिरामी विदा कायम गर्न माग गरेका छन् ।
अन्त्यमा, क्यानेडाले महामारीबाट बच्नका लागि आफ्नो स्वास्थ्य क्षेत्रलाई बलियो बनाउनुपर्छ र त्यसका लागि आवश्यक खर्च गर्नुपर्छ ।
के कुराले महामारी रोक्न सक्दैन ? अवश्य पनि विदेश भनेर फैलाइएको घृणा र ‘सिनोफोबिया’ (चीन फोयिबा) लाई अनुगमन नगर्ने कार्य ।
हाम्रो संस्था चिनियाँ क्यानेडेली राष्ट्रिय काउन्सिल टोरोन्टो च्याप्टरमा भाइरसको दोष चीनियाँ जनतालाई दिदैं सामाजिक सञ्जाल, इमेल र फोनमार्फत निरन्तर सन्देश आइरहेका छन् । रंगभेदको खुलेयाम विरोध गरेर समाजमा विभाजन ल्याएको आरोप लगाउँदै हामीलाई इमेल पनि आएका छन् ।
हामी स्पष्ट छौं, चिनियाँ जनताबारे शताब्दींऔअघि बनाइएका एकपक्षीय धारणाले कोरोनो भाइरसबाट क्यानेडेलीलाई सुरक्षित गर्न मद्दत गर्नेछैन । बरु, यसले समुदायमा विभाजन ल्याउनसक्छ ।
- अलजजिरा डटकमबाट