आयुर्वेद शास्त्रमा भाइरस (Virus) लाई जैविक विषाणु अकोशीय अति सूक्ष्म जीवको रूपमा लिइएको छ । यो विषाणु- नाभकीय अम्ल र प्रोटिनको संङ्घटनले युक्त हुन्छ । यो विषाणु जीवित कोशिकाभन्दा बाहिर मृतक जस्तै सुषुप्त अवस्थामा सयकडौँ वर्षसम्म रहन सक्छ । अन्य जीवको शरीरभन्दा बाहिर बाँच्न नसक्ने यो विषाणु कुनै जीवको शरीरभित्र प्रवेश गर्ने बित्तिकै जीवित भई हाल्छ । अनि त्यो जीवको कोशिकालाई भेदन गरेर फैलन सुरु गर्दछ । जसले गर्दा त्यो जीव बिरामी हुन्छ । यो विषाणु एकपटक जीवित कोशिकामा प्रवेश गरेपछि त्यो कोशिकाको मूल आरएनए (RNA) र डीएएनए (DANA) को जेनेटिक संरचनालाई आफ्नो जेनेटिक सूचनासँग परिवर्तन गर्छ र संक्रमित कोशिकालाई आफूजस्तै संक्रमित कोशिकाहरूको पुनरुत्पादन गर्दछ ।
आयुर्वेदीय क्षेत्रबाट विषाणु र जीवाणुको सन्दर्भमा कुरा गरिरहँदा यहाँहरूलाई अचम्म लाग्न सक्ला । यो हाम्रो विडम्बना हो । आयुर्वेदिक शास्त्रले जीव-जीवाणु-विषाणुको सन्दर्भमा व्यापक खोज, अनुसन्धान र विश्लेषण गर्नका साथै जीवाणु र विषाणुबाट हुने लाभ-हानि र यसको प्रयोग, निवारण र रोकथामबरे जनमानसलाई दैनिकी दिनचर्या, भोजनचर्या र शौचाचर्याको माध्यमबाट हाम्रो जिनमा उतारेको परम्परागत प्रमाण पाइन्छ ।
पशुपंक्षी पालन गरेको स्थानभन्दा अलि पर बस्ने । अभिवादन गर्दा हात मिलाउने । आलिङ्गन वा चुम्बन आदि नगरि टाढैबाट नमस्कार गर्ने । नम: शब्द उच्चारण गर्दै दण्डवत् प्रणाम गर्ने आदि आदि ।
यस सन्दर्भमा अझ गम्भीरतापूर्वक प्राचीन विषाणु र जीवाणु विशेषज्ञहरूले मानव हित र अहितको सन्दर्भमा गरेको प्रयोग हेर्दा आश्चर्यलाग्दो अवस्था देखिन्छ । शत्रुलाई निर्मलीकरण गर्न जैविक विषाणु शस्त्र-अस्त्र, तन्त्र-मन्त्र, टुना-मुनाको व्यापक प्रयोग भएको पाइन्छ । जीवाणु र विषाणुको कुरा गरिरहँदा यो विषाणु (Virus) एक प्रकारको मात्र नभएर हजारौँ प्रकारको हुन्छ । जसलाई तीन वर्गमा विभाजन गर्न सकिन्छ:
- पापद विषाणु ( Plant Virus)
- जन्तु विषाणु (Animal Virus)
- जीवाणु भोजी (Bacteriophage)
यो विषाणु व्यापक रूपमा जीवलाई हानिकारक हुँदाहुँदै पनि लाभप्रद पनि हुन्छ । जीवाणु भोजी (Bacteriophage) विषाणु लाभप्रद हुन्छ । यस जीवाणु भोजी विषाणुले हैजा, झाडाऔपखाला, टाइफाइड, इन्फ्लुएन्जा, हेपाटाइटिस, येलो फिवर, पोलियो, चेचकजस्ता घातक रोग उत्पन्न गर्ने जीवाणुलाई नष्ट गरेर मनुष्यलाई रक्षा गर्दछ । जसलाई साधारण सुष्मदर्शी यन्त्रबाट हेर्न सकिन्न । यसलाई हेर्न फ्लुरासेन्स ( fluorescence) माइक्रोस्कोप चाहिन्छ । यो भाइरस अल्फा, विटा, गाभा र डेल्टाको तौलमा हुन्छ ।
संक्रमण
यो विषाणु संक्रमणबाट फैलिन्छ । संक्रमणका माध्यमहरू मानिस-मानिसबीचको सम्पर्क, वायु, भोजन एवं पानी, किट, खकार, थुकआदि हुन् । प्राचीन कालमा एटम परमाणुयुक्त बाण र मन्त्र शक्तिद्वारा विभिन्न पादप विषाणु र जन्तु विषाणु फैलाउने गरेको इतिहास छ ।
वर्तमानमा फैलिरहेको भाइरसलाई कोभिड १९ नाम दिइएको छ । यो भाइरस समुच्चा विश्वमा फैलिरहेको अवस्था छ । यसको संक्रमणको प्रारम्भकालमा सामान्य सर्दी, ज्वरो, खोकी, वाकवाकी, रिँगटा, शीरदर्द र श्वास फुल्ने जस्तो लक्षणहरू देखा पर्दछ ।
हेर्दा सामान्यजस्तो लागे पनि तीव्र रूपले श्वास नलीका र फोक्सो संक्रमित हुन जान्छ । जसले गर्दा मनुष्यको मृत्यु पनि हुन सक्छ । अन्य भाइरसले झैँ तत्काल ज्यान नलिए पनि शरीरलाई रुग्ण बनाएर शक्तिको ह्रास गर्दै क्रमिक मृत्युन्मुख बनाउँछ । विश्वमा फैलिएको आधारको औसत हेर्ने हो भने यसको मृत्युदर अत्यन्त न्यून छ । मृत्युदर न्यून भए पनि यो विषाणु क्रमिक रूपले अत्यन्त घातक बन्दै गएको छ । २ चार हप्ताको लकडाउन वा सामाजिक दुरी यसलाई कम गर्ने सहयोगी हुन्छ । तर यो निर्मूल भने हुन सक्दैन । आज संसारभरिका चिकित्सा विशेषज्ञसहित अन्यजनहरू किकर्तव्यविमुखको अवस्थामा छन् ।
सर्वप्रथम भाइरसबाट बच्न बाहिरी औषधि उपचारभन्दा पनि आफ्नै शरीरभित्रको प्रतिरोधात्मक क्षमता वृद्धि संक्रमण निवारणमात्र नभएर संक्रमण निरोधका लागि पनि अति उपयुक्त हुनेछ । यो भन्दा अर्को सटिक, सहज र दिव्य कुनै उपाय अहिलेसम्म सारा जगतमा छैन ।
रोकथाम र उपचार
वर्तमान समयमा विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तुत उपचार रोकथाम विधिलाई नियाल्ने हो भने हाम्रो प्राचीन शरीर शुद्धि पद्धति अर्थात् वैष्णवीय जीवनशैली अपनाउनु पर्छ । सामाजिक दुरीको विशेष ध्यान राख्नु, त्रिकाल स्नान, सन्ध्या बन्धन, योग, ध्यान, प्राणायाम गर्नु, खाद्य पदार्थलाई सात्त्विक र स्वच्छ तरिकाले ईश्वर अर्पणपूर्वक भक्षण गर्नु, बारम्बार हात धुनु, नाक-कान नकोट्याउनु, कपाल र जीउ नकोट्याउनु, यदि गरिहाले तत्काल हात धुनु, कोही पनि खाद्य, पेय, चुस्य, लेश्य पदार्थहरू खाने बित्तिकै हातधुनुका साथै मुख कुल्ला गरिहाल्नु, बाहिरी कामकाज हिँड्दा, डुल्दा बस्त्रलाई नधोईकन भित्री कक्षसम्म नपुर्याउनु शयन वा शौचका वस्तुहरू तत्काल धोइहाल्नु । कसैलाई जुठो नखुवाउनु र कसैको जुठो नखानु । मलमुत्र त्याग गर्ने बित्तिकै स्नान वा हातखुट्टा धुनु । नाक, कान आँखा मुख उपस्थ मौन गुदा अंगहरुलाई बारम्बार स्वच्छ राख्नु । एक अर्कासँग शरीरमा टाँसिएर नबस्नु । अर्काको रुमाल वा शस्त्र आफूले प्रयोग नगर्नु र आफ्नो पनि अरूलाई प्रयोग गर्न नदिनु । अर्काको घर घरमा डुल्ने, भोजको आयोजना गर्ने जस्ता कार्य नगर्नु नै अहिलेलाई लाभदायक हुन्छ । पिच्चपिच्च बारम्बार धर्तीमा नथुक्ने । मुखमा चुश्य बस्तु राखेर चुसी नरहने । जस कसैले छोएको वा पकाएको भोजनहरू नखाने र जो कोही सुतेको वा बसेको ठाउँमा नबस्ने । पशुपंक्षी पालन गरेको स्थानभन्दा अलि पर बस्ने । अभिवादन गर्दा हात मिलाउने । आलिङ्गन वा चुम्बन आदि नगरि टाढैबाट नमस्कार गर्ने । नम: शब्द उच्चारण गर्दै दण्डवत् प्रणाम गर्ने आदि आदि ।
यस्ता किसिमका वैष्णवीय कृतद्वारा आफूलाई शरीर र मन दुवैलाई सेनेटाइज गरेर संक्रमणबाट जोगिने संस्कार नै आज सर्वस्वीकार्य भएको छ । आज विश्वमा धेरै प्रकारका भाइरसको संक्रमण दिनदिनै बढ्दै छ । यसबाट बच्न आधुनिक वैज्ञानिक पद्धतिद्वारा कुनै औषधि वा भ्याक्सिनको आविष्कार सदैव र तत्क्षण भइरहन असंभव हुन सक्छ । संक्रमित भइरहने विषाणुहरू पनि एकै प्रकारका मात्र छैनन् ।
विश्व अर्थतन्त्रलाई महाघात पुग्ने गरी लकडाउन वा कर्फ्यु अहिले यो महामारीको लागि सहयोगी हो । तर यो अन्तिम समाधान होइन । यो विषाणु दुई-चार दिन वा महिनामा प्रकृतिबाट सधैँका लागि नहराउने पनि सक्छ ।
मानव शरीर आश्चर्यमय शक्तिहरूको भण्डार हो । अनि यो भण्डारको रक्षा र जीवन उपयोगका लागि योगमार्ग उपयुक्त मानिन्छ ।
त्यसकारण आउनुहोस् म तपाईँलाई स्थायी रूपले संक्रमणको रोकथामको साथै रोग निवारण र उपचारको वास्तविक पद्धतितिर ध्यानाकर्षण गराउन चाहन्छु ।
उपचार
१. सर्वप्रथम भाइरसबाट बच्न बाहिरी औषधि उपचारभन्दा पनि आफ्नै शरीरभित्रको प्रतिरोधात्मक क्षमता वृद्धि संक्रमण निवारणमात्र नभएर संक्रमण निरोधका लागि पनि अति उपयुक्त हुनेछ । यो भन्दा अर्को सटिक, सहज र दिव्य कुनै उपाय अहिलेसम्म सारा जगतमा छैन । शरीरको प्रतिरोधात्मक क्षमता वृद्धि (आयुवृद्धि) का लागि जैविक/अर्ग्यानिक खाद्य कृषिप्रति समुच्चा मानव समुदायले विशेष ध्यान दिनुपर्ने अपरिहार्यता देखिन्छ ।
शीघ्र रोकथाम तथा उपचारका लागि विशेष उपाय
मानव शरीर आश्चर्यमय शक्तिहरूको भण्डार हो । अनि यो भण्डारको रक्षा र जीवन उपयोगका लागि योगमार्ग उपयुक्त मानिन्छ । योगका धेरै आयामहरू छन् । समग्रमा योग चार प्रकारका हुन्छन् ।
(क) हठयोग (ख) मन्त्रयोग (ग) लययोग र (घ) राजयोग
वर्तमान समयमा संसारभरि फैलिएको योग केवल हठयोगको एउटा अंश आशनमात्र हो । जब हठयोग + मन्त्रयोग + लययोग + राजयोग = महायोगको समग्र एकै अवस्था नै पूर्णयोग अर्थात् महायोग हो ।
यो महायोगलाई प्रचीनकालमा पाशुपत योग, सिद्ध योग, सिद्ध महायोग, सुतशब्द योग, आत्मसंयम योग, कुण्डालिनी योग, कुण्डालिनी सिद्ध महायोग आदि नामले चिनिन्थ्यो ।
विगत चार सय वर्षयता विलुप्त भएको यो पूर्णयोग अर्थात् महायोय मेरो माध्यमबाट पुनरुत्थान गरी समाजका सर्वसाधारणहरूलाई विना भेदभाव, विना परिश्रम, विना खर्च सहजै उपलब्ध छ । पशुपतिनाथको पावन भूमिबाट नेपालमा सुलभ भएको छ । आउनुहोस् यसको विज्ञानलाई बुझौँ ।
मानव शरीरको रचना आयुर्वेद र योग विज्ञानका अनुसार मुख्यतया ७२ हजार नाडी सञ्जाल र द्वादश चक्रहरूले युक्त सप्त धातुको संरचना हो । यस शरीरमा त्रिदोष (कफ, पित्त र वात), त्रिगुण (रज, तम र सत ), पञ्चतत्व (पृथ्वी, जल, अग्नि, वायु र आकाश), पञ्चतन्मात्रा (गन्ध, रस, रूप, स्पर्श र शब्द), चतु: अन्त:करण (मन, बुद्धि, चित्त र अहंकार), पञ्चज्ञानेन्द्रीय, पञ्चकमेन्द्रीय, पञ्चप्राण (प्राण, आपात, उदान, व्यान र समान), पञ्चउपप्राण, पञ्चकोश (अन्नमय कोश, प्राणमय कोश, मनमय कोश, विज्ञानमय कोश र आनन्दमय कोश)ले युक्त रहेको छ । मानव शरीरभित्र मुख्य रूपमा द्वादश चक्र अर्थात् द्वादश शक्ति (ऊर्जा) केन्द्रहरू रहेका छन् । यीमध्ये प्रथम उर्जाशक्तिको केन्द्र मुलाधार चक्र हो । मुलाधार चक्रमा स्ययंभू लिङ्गलाई परिवेष्ठित गरी बसेकी महाशक्ति कुण्डालिनी शक्ति विराजमान भएकी छन् । यी कुण्डालिनी शक्ति नै जीवनीय उर्जाशक्तिको स्रोत हुन् । यी कुण्डालिनी शक्ति सर्वसाधारण जीवहरूमा उँधोतिर मुख फर्काएर साढे तीन फन्को घेरामा बसेकी छन् । शक्तिको अधोमुखी अवस्था नै जीवको पतोन्मुखको कारण हो । यदि यस महाशक्तिलाई उर्धोमुखीकरण गर्न सकेको अवस्थामा जीवको (मनुष्य) सर्वतो भावेन विकासोन्मुख उर्धोगामी अर्थात् ब्रहत्वको अवस्था प्राप्त गर्न सक्दछ । शक्ति अधोमुख भएर बस्नु सुषुप्त कहलाउँछ । यस अवस्थामा हाम्रो सम्पूर्ण जीवतीय शक्ति पृथ्वीतिर प्रवाहित भइरहेको हुन्छ (गुरुत्वाकर्षणको कारण) ।
कुण्डालिनी शक्ति उर्धो जागृत गर्नका लागि अनादिकालदेखि अनेका अनेक उपायहरू प्रयोग भई आएता पनि पाशुपतसिध्द महयोग पद्धतिमा सिद्ध महायोगी गुरुद्वारा शक्तिपात गरेपछि ती अल्हादिनी कुण्डालिनी महाशक्ति स्वतःस्फूर्त रूपमा तत्काल जागृत भएर सुसुम्ना मार्ग हुँदै मुलाधारदेखि सहस्रारको मार्ग तय गर्दछ । यस अवस्थामा साधकलाई पार शक्तिको ऊर्जाको अनुभवका साथै हठयोगका विभिन्न आसन प्राणायामहरू, मन्योगका क्रियाहरू, लययोगका अनुभूतिहरू र राजयोगका परमआननदमय अवस्थालाई अनुभव गराउँदै शरीरमा रहेको अनगिन्ती रोग- रोगका कारणहरू सहित विष विषाणुरहित गराउँदै साधकलाई दिव्यताका साथ पूर्ण आरोग्यता प्रदान गर्दछ । अर्थात् शरीरको विषाणु प्रतिरोधात्मक क्षमतालाई अति तीव्र रूपमा बृध्दिगर्दछ । कोरोनामात्र नभई अनेका अनेक विषाणु (Virus) र जीवाणु (Bacteria) बाट सम्पूर्ण रूपले मानव शरीरको रक्षा हुन्छ । यसमा कुनै द्विविधा छेन । यस महायोगलाई प्रयोग गर्न साह्रै सजिलो छ । सम्बन्धित व्यक्ति वा कार्यालयमा सम्पर्क गरी सहजै निर्देशन आधुनिक साधनहरूद्वारा प्राप्त गरी महयोगी सद्गुरु सिद्धबाबाज्यूको कृपा प्राप्त गर्न सकिन्छ ।
२. आयुर्वेदीय पद्धतिबाट भाइरस उपचार सम्भव
विषाणु र जीवाणुको प्रकोपलाई नष्ट गर्नको साथै शरीरमा प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आयुर्वेदको रासायनिक उपचार पद्धति सुचिभेद (Vaccine) र आस्वादन (Oraldose) द्वारा सहज उपचार सम्भव छ । नेपाल रासायनिक योगवाही गुण समूहले युक्त वनौषधीको खजाना भएको राष्ट्र हो । तर, हानिरहित पूर्ण चिकित्सा पद्धति मानव सृष्टिको आदिकालदेखि आजपर्यन्त अविछिन्न रूपमा चलिरहेको हुँदाहुँदै पनि यसलाई बेवास्ता गरेर केबल आधुनिक चिकित्सा पद्धतिमा मात्र आँखा चिम्लिएर निर्भर हुनु दुखद कुरा हो । आज यो समाज र विश्व स्वास्थ्य सङ्गठनको आधुनिक चिकित्सा पद्धतिमा मात्रै फसिरहेको देख्दा आश्चर्यचकित हुनु परेको अवस्था छ । नेपालीहरूको शिल, स्वभाव, संस्कार दिनप्रतिदिन हीन भावनाले युक्त पराश्रित हुँदै पतन भइरहेको कुरा स्वतः स्पष्ट नै छ । हामीमा आत्मस्वाभिमान कहिले जाग्ने ? राष्ट्र र राष्ट्रियताको भावनाले एकताबद्ध हामी कहिले बन्ने ? कहिले हामी आफ्नो देशका कवि, कोविद, ज्ञानी, ध्यानी, विचारक, सुधारक, चिन्तक, विज्ञ-विशेषज्ञहरूको पहिचान गरी उहाँहरूबाट राष्ट्र र राष्ट्रियताका साथै जनमानसको हित कार्यमा अग्रसर हुने ? खोज अनुसन्धान गर्नु, अन्वेषण गर्नु हामी नेपालीको सहज दैनिक स्वभाव हुनुपर्छ ।
म नेपाल सरकार र नेपालका चिकित्सा विज्ञहरूप्रति अनुरोध गर्न चाहन्छु । आउनुहोस् मसँग सङ्कल्पबद्ध भएर उठौँ । अगाडि बढौँ । विश्व मानव समुदायलाई रक्षा गर्नुको साथै राष्ट्रको अभिवृद्धि र कृति दिग्दीगान्त फैलाउनको लागि कम्मर कसौँ । म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । आयुर्वेदिक पद्धतिमा शास्त्रीय यौगिक उपायका साथै अमूल्य जुडिबुटहरू यस धर्तीको छातीमा रहेका छन् । यसको सफल प्रयोगद्वारा हामी आफैँ गौरवान्वित हुने छौँ । उठौँ । प्रयत्न गरौँ । अवश्वमेव सफल भइन्छ ।
प्राचीन कालमा आजभन्दा भयानक संक्रमणका विपत्तिहरू आएका थिए । जसलाई आयुर्वेद शास्त्रले भलिभाती पहिचान गरी निवारण गरेको हजारौँ ऐतिहासिक प्रमाणहरू छन् ।
यसरी वर्तमानमा सम्पूर्ण जगतलाई चुनौती बनेर देखापरेको यो रोगको सम्भाव्य निदान परम्परागत चिकित्सा पद्धतिबाट पनि खोज्नु उपयुक्त हुन्छ । यसका लागि हाम्रा हिमाली र पहाडी क्षेत्रमा उपलब्ध वनस्पतिहरूको रसायन पद्धतिबाट अमूल्य औषधि तयार गर्न सकिन्छ । सरकार तयार हुन्छ भने ती वनस्पति र रसायन पद्धति बारे मसँग भएको ज्ञान र प्रविधि प्रस्तुत गर्न तयार छु । जसले रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ । संक्रमण निदानमा सहयोग पुर्याउँदछ । आफ्ना देशवासीलगायत सम्पूर्ण विश्वलाई अमूल्य उपहार दिन सकिने यो अवसरलाई उपयोग गर्न म नेपाल सरकारसँग विशेष आग्रह गर्दछु ।
म सँग भएको ज्ञान र प्रविधि यस कठिन समयमा प्रस्तुत गर्न म आतुर पनि छु ।अस्तु ।।